सरकार ढाल्ने प्रयासविरुद्ध ढाल बनेर उभिन्छौं, गृहमन्त्रीको कामबाट सन्तुष्ट छैनौं- सुदन गुरुङ
२०८२ कार्तिक २२ शनिबार
- हामी नेपालका संस्थापक सुदन गुरुङले आफुहरु सरकार ढाल्ने वा आन्दोलनलाई कमजोर पार्ने कुनै पनि प्रयासविरुद्ध ढाल बनेर उभिने बताएका छन् ।
काठमाडौँ, २२ कार्त्तिक । हामी नेपालका संस्थापक सुदन गुरुङले आफुहरु सरकार ढाल्ने वा आन्दोलनलाई कमजोर पार्ने कुनै पनि प्रयासविरुद्ध ढाल बनेर उभिने बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गुरुङले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने तर नाजुक अवस्थाको फाइदा उठाउन खोज्नेहरूलाई रोक्ने स्पष्ट बताएका हुन् ।
उनले आफुहरु गृहमन्त्रीको कामबाट सन्तुष्ट नभएको बताउदै यो भावना नभई तथ्यमा आधारित असन्तुष्टि भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्:
हो, हामी गृह मन्त्रालयको कामबाट सन्तुष्ट छैनौँ। यो भावना होइन, तथ्यमा आधारित असन्तुष्टि हो। यो गृहमन्त्रीको असक्षमता र गैरजवाफदेहिताको आलोचना हो, न कि आम नागरिक र आन्दोलनको अनादर। या सरकार ढलाउने खेल वा सविधान माथि धावा ।
हामी सडकमा कसैलाई मन्त्री बनाउन आएका थिएनौ, हामी स्कुले पोशाकमा मारिएका बालबालिकाको न्यायका लागि, भ्रष्टाचार र राज्य आतङ्कविरुद्ध, र सत्य तथा जवाफदेहिताको लागि आएका हौँ। हामीलाई भाषण होइन, काम चाहिएको हो। योग्यताको प्रमाण पदले होइन, परिणामले दिनुपर्छ। यदि वर्तमान गृहमन्त्रीको काम पुराना सरकारजस्तै भयो भने हामी चुप बस्दैनौँ।
सरकारलाई सहयोग गर्छु तर प्रतिपक्षमा पनि बस्छु भन्ने मेरो हरेक सहिद परिवारप्रति बाचा हो र म आफ्नो जिम्मेवारी पूरा गर्दैछु किनकि हामीलाई कुर्सी होइन, न्याय चाहिएको हो। हामी आफ्नै सरकारका मन्त्रीलाई प्रश्न गर्न डराउँदैनौँ, किनकि म्यान्डेट जनताले दिएको हो। आज उँहाहरुले म्यान्डेट बिर्सने हो भने सोच्नुस्, जब अरू पार्टीका हातमा त्यो कुर्सी पुग्छ भने देश कता जान्छ? कलीलो बालबालिकाको हत्या, आन्दोलनमा भएको अत्याचार, र पीडित परिवारप्रति राज्यको वेवास्ता र असक्षमता हामी सहदैनौँ ।
अन्तरिम सरकारले चुनाव मात्र होइन, आन्दोलनलाई वैधानिकता दिने कदम पनि तुरुन्त अघि बढाउनु पर्छ, किनकि यो आन्दोलन कसैलाई पद दिलाउनको लागि थिएन, यो रगत, आँसु र सपनाको लडाइँ हो। नेपाली भन्नुको अस्तित्व र भविष्यका लागि हो। हाम्रो देश बन्न सक्छ भन्ने विश्वासका लागि हो ।
जो कोही अहिले राजनीतिक खेल खेल्दै सरकार ढाल्ने वा आन्दोलन कमजोर पार्ने प्रयासमा छन्, उनीहरूले याद राखुन् प्रधानमन्त्री र जिम्मेवार मन्त्रीहरूको ढाल भएर हामी उभिएका छौँ, उनीहरूसम्म पुग्नुभन्दा पहिले हामीलाई पार गर्नुपर्छ। हामीले प्रधानमन्त्रीलाई जिम्मा लगाइएको मुलुक हो, आशा मार्ने होइन, जोगाउने हो भन्ने विश्वाससहित। खबरदारी नागरिक कर्तव्य हो, प्रगतिशील लोकतन्त्रमा युवा नै सरकारका स्वाभाविक प्रतिपक्ष हुन्छन् ।
जो कोही यो समय गलत राजनीतिक खेल खेल्ने, हाम्रो सरकार ढाल्ने, वा यो नाजुक परिस्थितिको फाइदा उठाउने सोचमा छन् । सबैले याद राख्नुस् प्रधानमन्त्री र आफ्नो जिम्मेवारी निभाउने हरेक मन्त्रीको ढाल बनेर हामी उभिएका छौँ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।